News

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी नेपालमा, ‘साम्बाला’को प्रिमियरमा विशेष सहभागी हुने

Nawazuddin Siddiqui
Nawazuddin Siddiqui

बलिउडका चर्चित अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आइपुगेका छन्।

अभिनेता फिल्म ‘साम्बाला’को प्रिमियर कार्यक्रममा भाग लिन आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई स्वागत गर्न ‘साम्बाला’का निर्देशक मिन भाव उपस्थित थिए।

सिद्दीकी भीआइपी कक्षबाट बाहिरिँदा उनका फ्यानहरूले स्वागत गरेका थिए। उनले फ्यानहरूसँग खुसीयाली साट्दै तस्बिर खिचाए र अटोग्राफ पनि दिए।

आइतबार काठमाडौंमा आयोजना हुने फिल्म ‘साम्बाला’को प्रिमियर कार्यक्रममा नवाजुद्दिन मुख्य आकर्षणको रूपमा सहभागी हुनेछन्।

यो फिल्म भदौ २८ गतेदेखि रिलिजमा आउने तयारीमा छ, जसले विश्वका विभिन्न फिल्म महोत्सवहरूमा समेत सहभागीता जनाइसकेको छ र केही प्रतिष्ठित अवार्ड पनि जितिसकेको छ।

अभिनेता सिद्दीकीले नेपालमा फिल्मको प्रिमियरमा सहभागी हुन पाउँदा आफू निकै उत्साहित भएको बताएका छन्।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments