News

‘नरसिंहा अवतार’बाट फिल्ममा डेब्यु गर्दै उषा खड्गी

459276324 26649521744662772 5178001680192925611 n
459276324 26649521744662772 5178001680192925611 n

निर्देशक दिवाकर भट्टराईको निर्देशन रहने आगामी फिल्म ‘नरसिंहाः अवतार’मा मिस नेपाल २००० उषा खड्गी अनुबन्धित भएकी छिन् । निर्देशक भट्टराईले उषालाई बुधवार यो फिल्मको लागि अनुबन्धित गराएका हुन् ।

आगामी असोजको ७ गतेदेखि छायांकन सुरु हुने यो फिल्मका लागि यसअघि राजेश हमालसहित नीर शाह, अर्जुन श्रेष्ठ, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, समाइरा थापा, राजीवजंग बस्नेत, प्रकाश कुँवर, रमेशचन्द्र ठकुरी, अमित गिरी लगायतका कलाकारहरु अनुबन्धित भइसकेका छन् ।

निर्देशक भट्टराईले खड्गी सँग फिल्मका लागि लिखित सम्झौता गरिसकेका छन् । निर्देशक भट्टराईका अनुसार यो फिल्ममा उषाको महत्वपूर्ण भूमिकामा रहनेछ । अभिनयमा उषाको यो डेब्यु फिल्म हुनेछ ।

दिवाकर भन्छन्,-‘पहिले देखि फिल्ममा देख्न चाहेको उषा खड्गी दिदीलाई ‘नरसिंहा:अवतार’बाट परिचय गराउन पाउँदा अत्यन्त खुशी छु । मलाई विश्वास गरिदिनुभएकोमा हजुरलाई धन्यवाद।’ उनले भने ।

त्यस्तै, दिवाकरको ‘नरसिंहा:अवतार’ मार्फत जोडिन् पाउँदा उषा पनि अत्यन्तै खुशी हुँदै भनिन्,‘यो फिल्ममा काम गर्न मलाई जुरेको रैछ, म निकै खुशी छु ।’

उषाले सातौं मिस नेपालको रुपमा सन् २००० मा उपाधि जितेकी थिइन् । उनले २०७४ सालको साउन पहिलो साता फिचर फिल्म ‘आउँदै जाँदै’ निर्माणको घोषणा गरेकी थिइन् । जुन, कारणबस निर्माण हुन सकेन् । उनी अहिले फेसन डिजाइन र बुटिक व्यवसायमा सक्रिय छिन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments