Todays Date: २०८३ बैशाख १०

‘कसम बत्ती’ को गीतले ‘ज्वाईँसाब’ को हाइप बढ्यो’: निर्देशक निरौला

jitnepal nitishah jwaisaab1

वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । चलचित्रको हालै सार्वजनिक फर्स्ट लुक र टिजरले नै दर्शकबीच निकै उत्सुकता बढाएको थियो ।

त्यसपछि, गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै चलचित्रको चर्चा थप चुलिएको छ ।

फूलपातीको अवसर पारेर असोज २४ गते रिलिज हुन लागेको ‘ज्वाइँ साब’को यो गीतले चलचित्रलाई थप उचाइमा पुर्याएको निर्देशक वसन्त निरौलाले बताए । “पोस्टर र टिजरले चलचित्रको हाइप क्रिएट गरेको थियो,” उनले भने, “कसम बत्तीको गीत आएपछि हाइप झन् बढेको छ । अहिले विदेशबाट समेत चलचित्रको माग बढिरहेको छ ।”

उनले विदेशमा र नेपालमा चलचित्र एकै दिन रिलिज गर्ने तयारी गरिरहेको बताए ।

चलचित्रको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले यसपटकको दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने विश्वास निर्माण पक्षको छ । चलचित्रले दर्शकलाई फरक अनुभव दिने निर्देशक निरौलाले बताए ।

‘ज्वाइँ साब’ चलचित्र रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा निर्माण भएको हो । यसमा जितु नेपाल र नीति शाहले मुख्य भूमिका निर्वाह गरेका छन्, भने बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ ।

चलचित्रका कार्यकारी निर्माता विजय बस्याल हुन् भने यसको निर्माणमा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङले लगानी गरेका छन् । संगीतमा अर्जुन पोखरेल र महेश ताम्राकारको योगदान छ । एक्सन निर्देशन सञ्जय थापाले गरेका छन् भने छायांकन श्याम तामाङले गरेका छन् । चलचित्रको सम्पादन सन्देश शाहले गरेका छन् ।

‘ज्वाइँ साब’को प्रचारप्रसारदेखि लिएर विदेशी बजारमा यसको मागले चलचित्रलाई अझै व्यापक बनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x