Todays Date: २०८३ बैशाख ११

‘बेहुली फ्रम मेघौली’: बेहुली हुँदाका कथा लेख्नेले आकर्षक पुरस्कार पाउने

beuli

वडा दशैंको अवसरमार असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को निर्माणपक्षले आकर्षक पुरस्कारसहितको योजना ल्याएको छ । चलचित्रकी नायिका तथा निर्माता स्वस्तिमा खड्काले यसबारेमा जानकारी गराएकी छन् ।

“तपाईंहरूले आफू बेहुली हुँदाको कथा लेखेर हामीलाई पठाएर आकर्षक पुरस्कार पनि प्राप्त गर्न सक्नुहुनेछ,” ‘बेहुली फ्रम मेघौली’की नायिका तथा निर्मात्रा स्वस्तिमा खड्काले भनेकी छन् ।

आफू बेहुली हुँदाको अनुभव तीन सय शब्दमा लेखेर निर्माणपक्षलाई पठाउनुपर्नेछ । कथा-अनुभव असोज १० गतेदेखि पठाउन सकिने स्वस्तिमाले बताएकी छन् ।

“उत्कृष्ट अनुभवसहितको कथा लेख्ने लेखकलाई हाम्रो फिल्म बेहुली फ्रम मेघौलीको प्रिमियरमा निमन्त्रणा गरिनेछ । साथै फिल्मको दुईवटा टिकट पनि प्रदान गरिनेछ,” उनले भनेकी छन्, “यो सुनौलो अवसरको फाइदा उठाइहाल्नुहोस् ।”

आफू बेहुली हुँदाको अनुभव रोचक तरिकाले ३०० शब्दमा लेख्नुपर्नेछ । लेखेको अनुभव/कथालाई info@hattihatti.org.np / priyaofficial1234@gmail.com इमेल मार्फत पठाउनुपर्नेछ ।

‘बेहुली फ्रम मेघौली’ असोज १७ गते रिलिज हुँदै छ । फिल्ममा निश्चल बस्नेत र स्वस्तिमासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।

फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निश्चलले सघाएका छन् । फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x