बेहुली फ्रम मेघौलीबारे निश्चल भन्छन्- फिल्म हेर्न हलमा गएपछि दर्शकले फर्किंदाकेही लिएर फर्किउन्

beuli

‘बेहुली फ्रम मेघौली’को ट्रेलरले सिनेमालाई थप प्रतिक्षित बनाएको छ । गहन सामाजिक विषयवस्तु उठान गरेको सिनेमाको रमाइलो ट्रेलरले ‘बेहुली फ्रम मेघौली’ थप प्रतिक्षित बनाएको हो ।

उमेर बढ्दै जाँदा छोरीको विवाह गर्न हुने सकस, समाज र परिवारले दिने दबाब र विवाह गर्ने युवतीले भोग्नु पर्ने तनाब सिनेमाले रमाइलो तरिकाले प्रस्तुत गरेको छ । इनोसेन्ट युवतीलाई ठग्न खोज्ने युवक, मन परेको व्यक्तिले गर्ने फ्रड, विवाहका लागि चिना मिल्नै पर्ने परम्परागत शोच, चिना नमिलेपछि गर्न खोजिएको चलाखी ट्रेलरमा छ ।

‘बेहुली फ्रम मेघौली’को मुख्य भूमिकामा स्वस्तिमा खड्का र निश्चल बस्नेत छन् । सिनेमाको निर्माण पनि स्वस्तिमा र निश्चलले नै गरेका हुन् ।

निश्चल तिनै निर्देशक हुन्, जो हरेक सिनेमामा केही न केही प्रयोग गर्छन् । पहिलो सिनेमा ‘लुट’बाटै उनले यो प्रयोग सुरु गरेका हुन् । जुन आज पर्यन्त जारी राखेका छन् ।

निश्चल ‘बेहुली फ्रम मेघौली’मा पनि केही नयाँ पक्ष रहेको बताउँछन् । हलमा गएपछि फर्किँदा दर्शकले दिमागमा केही लिएर फर्किनुपर्ने आफ्नो धारणा रहेको उनले बताएका छन् ।

‘म सिनेमा हेर्न हलमा गएपछि फर्किंदा दर्शकले केही लिएर फर्किउन् भन्ने चाहन्छु,’ टेलिभिजन शो ‘कमेडी दरबार’मा गेष्ट जजको रुपमा सहभागी हुँदै उनले भनेका छन्, ‘सिनेमा हेरेर घर फर्किंदा दर्शक रित्तो दिमाग होइन केही लिएर फर्कियोस् भन्ने मान्यता राख्छु । यसमा पनि यस्तै केही चिज छ ।’

सिनेमाले मनोरञ्जनसँगै दिमागमा केही ट्रिग गर्नुपर्ने उनको धारणा छ । ‘बेहुली फ्रम मेघौली’ले पनि मनोरञ्जनसँगै बलियो सामाजिक म्यासेज दिने निश्चलको भनाइ छ । सामाजिक विषय हसाउँदै भन्ने यो सिनेमाको ट्रेलरसहितका कन्टेनले देखाएको छ । युवतीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भने परम्परागत नेपाली समाजको मान्यतालाई सिनेमाले व्यंग्य गरेको छ ।

सिनेमामा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।

सिनेमा ‘बेहुली फ्रम मेघौली’ असोज १७ गते रिलिज हुनेछ । दसैँको अवसर पारेर सिनेमा घटस्थापनाका दिन रिलिज हुन लागेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x