यस्तो छ ‘छक्का पञ्जा ५’को ट्रेलरमा

Deepak Raj Giri Deepa Shree Niroula Kedar Prasad Ghimire Magne Budha

आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको फिल्म ‘छक्का पन्जा ५’को ट्रेलर रिलिज भएको छ । असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्मको कमेडी, राजनीतिक बिषयवस्तु र पारिवारिक कथावस्तु समावेश गरिएको ट्रेलर रिलिज गरिएको हो ।

ट्रेलरमा सरकारी जागिर खाएका दीपकराजले भ्रष्ट्राचारविरुद्ध आवाज उठाएको देखाइएको छ । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, वर्षा सिवाकोटी, राजाराम पौडेल, रमेश वुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेस खनाल, हिउँवाला गौतम, नविन श्रेष्ठ, दमन रुपाखेती, लोकेन्द्र लेखक र निर्मल शर्माको अभिनय छ ।

दीपकराज गिरीको कथा र पटकथा रहेको फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलिप तामाङको संवाद छ । केदार प्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा केशव न्यौपाने र दीपेन्द्र खनियाँ निर्माताको रुपमा छन् ।

हरि हुमागाँइको डीओपी रहेको फिल्ममा उत्तम हुमागाँइको छायांकन छ । फिल्ममा विपिन मल्लको सम्पादन छ । गम्भिर बिष्ट र सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको फिल्ममा शम्भुजित बास्कोटा, दीपक शर्मा र बाबुल गिरिको संगीत छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x