News

सृष्ट्रि र नाजिरको ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर

Missing Keti Haraeko Suchana e1728296215153
Missing Keti Haraeko Suchana

आगामी कार्तिक ३० गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक भएको छ । ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्री सिटी पिक्चर्स व्यानरमा निर्माण भएको हो ।

पोस्टरमा रेलको लिकमा फिल्मका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठलाई हात समाएर हिँडिरहेको देख्न सकिन्छ । कुर्ता सुरुवालमा सजिएकी सृष्टिले शीरमा ह्याट लगाएर कालो ब्याग बोकेकी छन् । उनले सेतो रंगको जुत्तासमेत लगाएकी छन् ।

त्यस्तै सर्ट र पेन्टको गेटअपमा देखिएका नाजिरले शीरमा ह्याट लगाएका छन् भने जुत्ता पनि सेतै रंगको छ । पृष्ठभूमिमा फिल्मका अर्का कलाकार दुरा सञ्जय गुप्ता रातो रंगको हिरो होण्डा मोटरसाइकलमा छन् । कालो चस्मा लगाएर काँधमा गाम्छा भिरेका सञ्जयले पान खाएको देख्न सकिन्छ । सञ्जयको पछाडि जनकपुर–जयनगर रुटमा चल्ने रेललाई राखिएको छ । कलाकार र रेलको पृष्ठभूमिमा पहाड र तराईको दृश्य छ । पोस्टर आशिस सापकोटाले डिजाइन गरेका हुन् ।

यो फिल्ममा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ ।

फिल्ममा नाजिर, सृष्टि र सञ्जयसँगै रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाहको विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।

फिल्मको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments