वरिष्ठ गीतकार विश्व बल्लभको निधन

Bishwa Ballabh

नेपाली संगीत क्षेत्रका एक प्रख्यात वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा निधन भएको छ। उनलाई केही दिनदेखि मस्तिष्कघातको कारणले काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइराखिएको थियो। उपचारकै क्रममा बल्लभको निधन भएको हो।

विश्व बल्लभ नेपाली साहित्य र संगीतमा आफ्नो अद्वितीय योगदानका लागि स्मरणीय व्यक्तित्व हुन्। उनी प्रसिद्ध कवि तथा गीतकार ईश्वर वल्लभका सहोदर भाइ थिए। उनका गीतहरू नेपाली संगीत क्षेत्रमा गहिरो छाप छोड्न सफल भएका छन्।

उनको निधनको खबर गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। थापाले बल्लभको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनको उपचारका लागि अर्थ संकलन अभियान समेत चलाएको जानकारी दिएका थिए।

बल्लभको पार्थिव शरीरलाई बुधबार दिउँसो १ बजेपछि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिने व्यवस्था गरिएको छ।

गीतकार वल्लभले तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ लगायतका कालजयी गीतहरू लेखेका थिए, जसले नेपाली संगीतमा अमूल्य योगदान पुर्‍याएका छन्।

उनको निधनले नेपाली संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x