तीन दिनमा ‘छक्कापञ्जा ५’को ५ करोड ग्रस कलेक्सन

बिहीवार फूलपाती बाट प्रदर्शनमा आएको फिल्म ‘छक्कापञ्जा ५’ले तीन दिनमा ५ करोडको ग्रस कलेक्सन् गरेको छ । फिल्मले प्रदर्शनको तीन दिनमा देशभरबाट ५ करोड रुपैयाँ ग्रस कलेक्सन् गरेको हो।
निर्देशक दीपाश्री निरौला निर्देशित यो फिल्मले रिलिजको पहिलो दिन २ करोडको ग्रस कलेक्सन् गरेको थियो । त्यस्तै, शुक्रबार अर्थात दोस्रो दिनमा फिल्मको देशब्यापी कलेक्सन पहिलो दिनकै तहमा थियो ।
देशभर झण्डै २५० शोमा प्रदर्शनरत फिल्मले शनिबार तेस्रो दिनमा देशभरबाट १ करोडको ग्रस कलेक्सन् गरेको वितरक मनोज राठीले बताए । उनका अनुसार फिल्मले तीन दिनमा ५ करोडको व्यापार गरिसकेको छ ।
भ्रष्टाचारको कथामा निर्माण गरिएको यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे माग्ने बुढा, निर्मल शर्मा, वर्षा सिवाकोटी लगायतको अभिनय छ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।