News

‘पूर्णबहादुरको सारङ्गी’ १६औँ दिनमा पनि देशभर हाउसफुल, ३० करोड ग्रसकलेक्सन

purna badhur
purna badhur

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल व्यापार गरिरहेको छ । आज शनिबार देशभरका अधिकांस शोहरु हाउसफूल छन् । गत कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको फिल्मले १६औँ दिनसम्म आइपुग्दा ३० करोडको ग्रस कलेक्सन गरिसकेको छ ।

फिल्मले एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्म, सर्वाधिक ग्रस कलेक्सनको फिल्मको रुपमा रेकर्ड राखिसकेको छ । फिल्मले सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । अहिले पनि मुलुकका कम्तीमा ३५० भन्दा धेरै शो यो चलचित्रको कब्जामा छ ।

यस्तै, ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्रै होइन ओभरसिज मार्केटमा पनि नयाँ नयाँ रेकर्ड बनाएको छ । विदेशी बजारमा एक हप्तामा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्रको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ । साथै ‘पूर्ण बहादुरको सारङ्गी’ ओभरसिज मार्केटमा सबैभन्दा धेरै शो पाउने चलचित्र बनेको छ ।

निर्माता विनोद पौडल फिल्मले प्राप्त अविश्वसनीय उपलब्धिप्रति खुशी छन् । ‘हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनुपर्ने प्रवृतिलाई पनि अन्त्य गरेका छौँ, नेपाली दर्शकसम्म जानकारी पुगेमा उनले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ ।’ उनी भन्छन् ।

सरोज पौडेलको निर्देशनमा बनेको फिल्ममा विजय बराल, प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकारको अभिनय छ ।

फिल्ममा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।

कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments