Todays Date: २०८३ जेष्ठ १७

‘अग्निदहन’ले प्रिमियरमा कस्तो पायो प्रतिक्रिया ?

467742907 952621190220629 4460976902604955061 n

बोक्सी कुप्रथाविरुद्धको कथामा आधारित भएर बनेको फिल्म ‘अग्निदहन’ भोलि शुक्रबार (मंसिर ७ गते)बाट प्रदर्शनमा आउँदैछ । प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा फिल्मको प्रिमियर राखिएको थियो । सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा आयोजित प्रिमियरमा फिल्मले उठाएको कथावस्तुको सबैभन्दा बढी प्रशंसा भयो ।

‘परदेशी’ श्रृंखलाका निर्देशक तथा लोकगायक नारायण रायमाझीले नेपालको दूरदराजमा अझै पनि बोक्सी कुप्रथा कायम रहेकाले यस्ता विषयमा धेरै फिल्म बन्नुपर्ने धारणा व्यक्त गरे । ‘समाजमा व्याप्त अन्धविश्वास र कुरीतिलाई चिर्न यस्ता कथामा अझै धेरै फिल्म बन्नुपर्छ,’ उनले भने, ‘फिल्मले उठाएको कथावस्तु एकदमै राम्रो छ । र, कथालाई फिल्मले न्याय गरेको छ ।’

निर्देशक तथा कलाकार नरेश पौडेलले फिल्मले सामाजिक कुरुतीविरुद्ध विद्रोही प्रहार गरेको बताए । ‘समाजमा कुनै पनि कुरा पुर्‍याउन सबैभन्दा प्रभावशाली माध्यम फिल्म नै हो । र, यो माध्यमबाट समाजमा रहेको कुरितीमाथि ‘अग्निदहन’ले विद्रोही प्रहार गरेको छ । नयाँ भए पनि कलाकारहरुको काम राम्रो छ,’ उनले भने ।

467720067 952621900220558 169755158625534388 n

अर्का कलाकार वीरेन श्रेष्ठले मान्छेको सोचले उसलाई कुन हदसम्म पुर्‍याउँछ भन्ने कुरालाई फिल्मले प्रष्टसित देखाएको बताए । ‘पुरानो कथालाई सटिक ढंगले देखाइएको छ । नयाँ भए पनि कलाकारहरुको काम राम्रो छ । मलाई फिल्म त्यस्तो लामो र बोरिङ कहीँ महसुस भएन,’ उनले भने, ‘यो वर्ष नेपाली फिल्म चल्ने जुन लहर देखिएको छ, त्यसमा यसले अर्को इट्टा थप्छ भन्ने लाग्छ ।’

त्यस्तै, कलाकार लोकेन्द्र लेखक ‘अग्निदहन’लाई सामाजिक विकृति-विसंगति र खासगरी बोक्सी कुप्रथाविरुद्ध उठाइएको एउटा सशक्त आवाज मान्छन् । ‘समाजमा रहेका आफूलाई चेतनशील भन्नेहरुको दिमागमा जुन व्याप्त अचेतना छ, त्यसविरुद्धको आवाज हो यो । म सबैलाई यो फिल्म हेर्न आग्रह गर्छु,’ उनले भने, ‘खासमा सरकारी निकायले बनाउनुपर्ने फिल्म यो हो ।’

फिल्मका परिकल्पनाकार तथा प्रस्तुतकर्ता कोविदशरण उपाध्यायले बोक्सीको नाममा महिलामाथि कुटपिट गर्ने, मलमूत्र खुवाउने, जिउँदै जलाउने, गाउँ निकाला गर्ने जस्ता जघन्य अपराध र कुप्रथाविरुद्ध सचेतना जगाउन ‘अग्निदहन’ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार, फिल्मको ५ सयभन्दा बढी विशेष शो भइसकेका छन् ।

घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङ लगायतको अभिनय छ । यसमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ । फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

467739802 952620680220680 2198570316734446470 n
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x