Todays Date: २०८३ जेष्ठ १७

नेपाली फिल्म क्षेत्र: दर्शकको समर्थनले सुनौलो दिन फर्किँदै

purna badhur

असोज महिनापछि नेपाली फिल्म क्षेत्रमा उत्साहजनक परिवर्तन देखिएको छ। नेपाली फिल्मले नयाँ नयाँ रेकर्डहरु बनाए । दर्शकको मन छुने कथा र प्रस्तुतिले फिल्म क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको छ। फिल्म क्षेत्रमा निर्मातादेखि दर्शकसम्म सबैले सकारात्मक ऊर्जा महसुस गरेका छन्। यो बर्ष सकिन अझै ५ महिना बाँकी छ । तर, फिल्महरूको व्यापारले ७ महिनामै नयाँ नयाँ रेकर्ड बनिसकेका छन् । 

यो बर्ष संभवत नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाई हुने बर्षको रुपमा चिनिनेछ । यो बर्षको ७ महिनामै नेपाली फिल्मले १ अर्ब भन्दा माथिको व्यापार गरिसकेका छन् ।

असोज महिनामा रिलिज भएको फिल्म ‘खुस्मा’ को राम्रो व्यापारले सुरु भएको सुपरहिटको शृंखला दशैं र तिहारसम्म निरन्तर रह्यो। दशैंको अवसरमा रिलिज भएका ‘१२ गाउँ’ र ‘छक्का पन्जा ५’ ले बक्स अफिसमा ब्लकबस्टर सफलता हात पारे। यी दुई फिल्मले संयुक्त रूपमा २० करोडभन्दा बढीको व्यापार गर्न सफल भए।

तिहारको अवसरमा प्रदर्शनमा आएको ‘पूर्ण बहादुरको सारङ्गी’ ले ऐतिहासिक सफलता हात पार्दै दर्शकको मन जित्न सफल भयो। ५० करोड ग्रस कलेक्सनको दौडमा रहेको यो फिल्मले अहिलेसम्म ३७ करोडभन्दा बढी कमाइ गरिसकेको छ। यो नेपाली फिल्म इतिहासकै उत्कृष्ट व्यापारिक फिल्म बन्ने संकेत गरेको छ।

कात्तिक ३० मा रिलिज भएको ‘ह्रस्व दीर्घ’ ले पनि दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ। ६ करोडको बजेटमा निर्माण गरिएको यो फिल्मले प्रारम्भिक व्यापार उत्साहजनक देखाएको छ। लगानी सुरक्षित हुने सम्भावनासँगै फिल्मले समीक्षक र दर्शक दुवैको मन जितिरहेको छ।

असोजपछि रिलिज भएका अधिकांश फिल्मले दर्शकको साथ पाएका छन्। प्रत्येक साता नयाँ फिल्म हेर्न हल पुग्ने दर्शकको संख्या बढ्दो छ। यसले नेपाली फिल्म उद्योगमा नयाँ जोश र आत्मविश्वास थपेको छ।

यस अवधिको सफलताले नेपाली फिल्म क्षेत्रलाई भविष्यमा गुणस्तरीय र व्यावसायिक फिल्म निर्माणको मार्गप्रशस्त गर्ने संकेत गरेको छ। चलचित्र क्षेत्रका जानकारहरू भन्छन्, “दर्शकले राम्रो कथा र प्रस्तुति मन पराउँछन्। अहिलेको अवस्था यसकै प्रमाण हो।”

असोज महिनादेखि सुरु भएको नेपाली फिल्म क्षेत्रको यो उत्साहजनक यात्रा भविष्यका लागि प्रेरणा बनोस् भन्ने कामना गरौँ। दर्शकको यसप्रकारको साथ र माया निरन्तर रहोस्!

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x