News

गरिमा शर्मा मुख्य भूमिकामा, नयाँ फिल्म ‘जन्ते बाख्रो’मा अनुबन्धित

953dba66 76fe 4481 a15e 35f077eaee81
953dba66 76fe 4481 a15e 35f077eaee81

टिकटकबाट उदाएर म्यूजिक भिडियोमा बलियो पकड बनाएकी गरिमा शर्मा पहिलोपटक फिल्ममा मुख्य अभिनेत्रीको रुपमा देखिने भएकी छन् । डेब्यु फिल्म ‘लण्डन टू पेरिस’ र दोस्रो फिल्म ‘ह्रस्व दीर्घ’मा सहायक अभिनेत्री भएर काम गरेकी उनी नयाँ फिल्म ‘जन्ते बाख्रो’मा मुख्य अभिनेत्री बन्न लागेकी हुन् । शुक्रबार उनीसँग निर्माताले कागजी सम्झौता गरेका छन् ।

प्राप्त जानकारी अनुसार अडिसनबाट छनोट भएपछि गरिमालाई फिल्ममा अनुबन्धित गरिएको हो । अब फिल्ममा उनको जोडी अभिनेताद्वय सौगात मल्ल र आसिफ शाहसँग बाँधिनेछ । फिल्ममा अनुबन्धित भएपछि गरिमा उत्साहित देखिएकी छन् । यसलाई उनले आफ्नो करिअरको ठूलो उपलब्धि मानेकी छन् ।

फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्नेछन् । यसमा प्रदीप भारद्वाजको लेखन छ । मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ कमेडी कथावस्तुमा बन्न लागेको शीर्षकबाटै प्रष्ट हुन्छ । फिल्मको निर्मातामा सन्तोष गौतम रहेका छन् । आगामी पुष १ गतेबाट छायांकन सुरु हुन लागेको फिल्मको यही मंसिर २० गतेबाट वर्कसप गरिँदैछ ।

गरिमाको ‘लण्डन टू पेरिस’मा अभिनय निकै कमजोर देखिएको थियो । जसले गर्दा उनको आलोचना पनि भयो । हाल प्रदर्शनरत ‘ह्रस्व दीर्घ’मा भने केही हदसम्म उनको अभिनयमा सुधार देखिन्छ । अब पहिलोपटक मुख्य अभिनेत्री भएर प्रस्तुत हुन लागेकाले ‘जन्ते बाख्रो’मा उनले आफूलाई प्रमाणित गर्नुपर्ने दबाब रहनेछ । यो उनका लागि अवसर र चुनौती दुवै हो ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments