
नेपालको चर्चित हीरा ब्रान्ड क्लासिक डाइमन्डले आयोजना गर्दै आएको ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको विजेता घोषणा गरिएको छ ।
हिजो गरिएको ग्रान्ड फिनामा पूर्णिका सिजापति ‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ विजेता घोषित भइन् । यस्तै फस्ट रनर अप स्मृति श्रेष्ठ बनिन् भने सेकेन्ड रनर अप उरुषा भण्डारी भइन् ।
‘फेस अफ क्लासिक डाइमन्ड’को उत्कृष्ट वाक स्मृति श्रेष्ठले जितिइन् भने सुबुना थापाले मोस्ट पपुलर दुलही जितिइन् ।
‘फेस अफ क्लासिक डाइमन्ड २०२४’को विजेताले एक लाख ५० हजार रुपैयाँ, फस्ट रनरअपले एक लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । उनीहरूले क्लासिक डाइमन्डको विभिन्न परियोजनामा जोडिएर काम गर्ने अवसर पनि पाउने छन् ।
क्लासिक डाइमन्डको ग्रान्ड फेशन तथा ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौंमा हुनेछ । सोही कार्यक्रममा ‘फेस अफ क्लासिक डाइमन्ड’का विजेताहरूलाई पुरस्कृत गरिनेछ ।
यो प्रतियोगिताको लागि देशका विभिन्न क्षेत्रबाट अडिसनमा चयन भएका २६ जना मोडलहरूलाई करिब एक महिना विभिन्न प्रशिक्षण दिएर प्रतियोगितामा सहभागी गराइएको थियो । उनीहरु मध्य टप पाँच फाइनललिस्ट छनोट गर्दै विजेता, रनरअप र सेकेन्ड रनरअप चुनिएका हुन् ।
क्लासिक डाइमन्डका अध्यक्ष बाबु राजा महर्जनले ‘फेस अफ क्लासिक डाइमन्ड’को उत्कृष्ट मोडलले फेस अफ क्लासिक डाइमन्डको उपाधिसहित १ लाख ५० हजार रुपैयाँ र एक वर्षसम्म क्लासिक डाइमन्डको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउने जानकारी दिए । यस्तै उनले बलिउडमा पनि आफ्नो प्रस्तुति दिने अवसर पाउने बताए ।
विगतमा यो प्रतियोगिताकी विजेता साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली चलचित्रमा, अञ्जली लामाले न्युयोर्क फेशन सप्ताहमा, मुना गौचनले बलिउडमा आफूलाई स्थापित गरिसकेको पनि अध्यक्ष महर्जनले जानकारी गराए । ‘क्लासिक डाइमन्ड गहनासँग सम्बन्धित भएकाले यो कार्यक्रमबाट नेपालको फेशन र मोडलिङ क्षेत्रलाई पनि प्रवर्द्धन गर्दै आएको आयाजक क्लासिक डाइमन्डले जनाएको छ ।
प्रतियोगितालाई बलिउडका कोरियोग्राफर रेहान शाहले कोरियोग्राफी गरेका थिए । ‘फेश अफ क्लासिक डाइमन्ड’ प्रतियोगिताको जजमा प्यानलमा पूर्व मिस नेपाल माल्भिका सुब्बा, अर्की पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, अन्तर्राष्ट्रिय राष्ट्रिय मोडल सविता कार्की, भारतीय सुपर मोडल दीप्ती गुजराल र कोरियोग्राफर रेहान शाह रहेका थिए ।
नेपालमा धेरै राम्रा मोडलहरूलाई यो क्षेत्रमा ल्याएको यो प्रतियोगिताका धेरै विजेता तथा सहभागीहरूले मिस नेपाललगायत विभिन्न प्रतियोगितामा भाग लिएर उपाधिसमेत जितेको उनले बताइन् ।