Todays Date: २०८३ जेष्ठ १७

मोडल कविता नेपाली सगरमाथा चढ्दै

kabita nepali

फिल्म ‘एक्लो’ कि नायिका कविता नेपालीले संसारकै अग्लो शिखर सगरमाथा आरोहण गर्ने भएकी छन्। यतिबेला उनी सगरमाथा आरोहणको लागि आवश्यक पुर्व तयारीमा रहेकी छन्। डान्सिङ्ग रियालिटी शोको विजेता बनेकी नेपालीले सय भन्दा बढी म्युजिक भिडियो,वेव सिरिजमा काम गरि सकेकी छन्। उनी अभिनित पहिलो फिल्म ‘एक्लो’ को छायांकन सकेर युकेमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ।

साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्म ‘एक्लो’ को छायाँकनको लागि अपर मुस्ताङमा पुग्दा कवितालाई सगरमाथा चढ्ने सोच पलाएको उनले बताईन् । सगरमाथा चढ्नु अघि अन्य हिमालहरु चढ्नु पर्ने र आबस्यक तालिम समेत लिनु पर्ने भएकोले उनी अहिले तयारीमा जुटेकी हुन्। उनी अहिले सगरमाथा बेस क्याम्पमा तयारी गर्दै गरेकी छन्।

कविता नेपालीलाई सगरमाथा चढ्न फिल्म ‘एक्लो’ निर्माण टिमले पनि आबस्यक सहयोग गर्ने फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले बताए।

प्रदीप शाहीको निर्देशनमा बनेको फिल्म ‘एक्लो’मा कविता नेपाली संगै प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, सुरज सिहँ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x