Todays Date: २०८३ जेष्ठ १७

‘महाभोज’ निर्माण घोषणा, कलाकारको बलियो लाइनअप

Mahabhoj ezgif.com webp to jpg converter

निर्देशक दिनेश राउतले फिल्म ‘महाभोज’को निर्माण घोषणा गरेका छन् । पहिला यो फिल्मको नाम ‘गाउँ नै रमाइलो’ राखिएको थियो । तर, यो नामले कथावस्तुलाई न्याय नगर्ने भएपछि शीर्षक परिवर्तन गरेर ‘महाभोज’ राखिएको हो ।

आगामी माघ १ गतेबाट छायांकन सुरु हुने फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ । यसअघि फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल र मिरुना मगरलाई अनुबन्धित गरिएको थियो । अब फिल्ममा खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ र कमलमणि नेपाल पनि थपिएका छन् ।

फिल्मको सार्वजनिक कलाकारको लाइनअपमा कसको जोडी कोसँग बाँधिनेछ, त्यसबारेमा भने जानकारी गराइएको छैन । कलाकारको लाइनअप हेर्दा फिल्म हेर्न दर्शकलाई रोचक हुने देखिन्छ । फिल्ममा विकास सुवेदीको लेखन छ । यसअघि उनले ‘प्रकाश’ र ‘पूजार सार्की’को पनि स्क्रिप्ट लेखेका थिए ।

फिल्मको निर्माण भने ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले गर्नेछन् । उनको दोस्रो फिल्म ‘दुःखी आत्मा’को केही हप्ताअघि मात्र छायांकन सकिएको थियो । पहिलो फिल्म ‘नाङ्गो गाउँ’ बक्सअफिसमा सफल भएपछि उनी निर्माणमा हौसिएका छन् । सामाजिक विषयवस्तुमा निर्माण हुन लागेको ‘महाभोज’लाई आगामी जेठमा रिलिज लक्ष्य राखिएको छ ।

यसअघि निर्देशक राउतको ‘पूजार सार्की’ पनि जेठमा नै रिलिज भएको थियो । उनले यसअघि ‘प्रसाद’, ‘प्रकाश’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता कहिले रोमान्टिक तथा सामाजिक कथामा आधारित फिल्मको निर्देशन गरिसकेका छन् । फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास निर्माण टिमलाई छ । फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x