Todays Date: २०८३ जेष्ठ १७

बम बहादुर’को ट्रेलर रिलिज, विद्रोही भूमिकामा सौगात

Bom Bahadur Teaser 1

अभिनेता सौगात मल्ल अभिनीत चलचित्र ‘बम बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ। पुस ५ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रको ट्रेलरले सस्पेन्स, थ्रिल र सामाजिक कथावस्तु प्रस्तुत गर्दै विद्रोही भूमिकामा देखिएका सौगातलाई केन्द्रमा राखेको छ।

ट्रेलरले साहस र संघर्षको नबताइएको कथालाई पर्दामा उतार्ने वाचा गरेको छ। चलचित्रको पृष्ठभूमि भारतको दार्जिलिङ क्षेत्र रहेको छ, जहाँ नेपाली समुदायका संघर्ष र सामाजिक मुद्दाहरूलाई चित्रण गरिएको छ। टिजरमा स्थापित ‘खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ’ भन्ने सन्देशलाई ट्रेलरमा थप विस्तार गर्दै एक युवाको मुक्ति संघर्षलाई प्राथमिकतामा राखिएको छ।

नेपाल र भारतमा एकै दिन रिलिज हुने यो चलचित्र १९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमाथि आधारित छ ।

निर्देशक जोन राईका अनुसार, ‘बम बहादुर’ ले १९८० को दशकमा दार्जिलिङ र आसपासका नेपाली समुदायले सामना गरेका ऐतिहासिक र सामाजिक मुद्दाहरूको दस्तावेज प्रस्तुत गर्ने उद्देश्य राखेको छ। चलचित्रको कथा र पटकथा जोन राई र रुपेश तामाङले तयार पारेका हुन्। निर्माता सञ्जीव सार्कीले यो चलचित्रलाई नेपाली समुदायको इतिहासलाई भावी पुस्तासम्म पु¥याउने प्रयासका रूपमा परिभाषित गरेका छन्।

‘बम बहादुर’ मा सौगात मल्लसँगै प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, शान्तिला तामाङ, रिया भुजेललगायतका कलाकारहरूको अभिनय रहेको छ। बाल कलाकार वशिष्ठ कार्कीले पनि प्रमुख भूमिका निर्वाह गरेका छन्।

चलचित्रको छायांकन सुजोय कुमार घोष ‘मुन्ना’ ले गरेका हुन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन्। दीपङ्कर सिंह मुखियाले संगीत तथा गीत तयार गरेका छन्, म्युजिक एरेन्जमेन्ट इजाज अलीले गरेका छन्। पोस्ट-प्रोडक्शन नेपाल र भारतका प्रख्यात स्टुडियोहरूमा गरिएको छ।

चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ। ट्रेलरले दर्शकहरूलाई चलचित्रप्रति उत्सुक बनाएको छ, विशेष गरी दार्जिलिङ र नेपाली समुदायको वास्तविक कथा पर्दामा हेर्न चाहनेहरूका लागि।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x