Todays Date: २०८३ जेष्ठ ११

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को नयाँ गीत ‘अलमल जिन्दगी’ सार्वजनिक

m

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को नयाँ गीत सार्वजनिक गरिएको छ। माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म को स्याड भर्सनको गीत रिलिज गरिएको हो । सार्वजनिक ‘अलमल जिन्दगी’ बोलको गीतमा प्रशान्त शिवाकोटीको स्वर,शब्द तथा संगीत रहेको छ। गीतमा रिजोल पोखरेलको संगीत संयोजन रहेको छ। प्रशान्त शिवाकोटीको स्वर संगीतमा रहेको ‘पूर्ण बहादुरको सारंगी’ का गीतहरुले दर्शक श्रोताको मन जित्न सफल बन्यो।

बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्म मनोजकुमार अधिकारीले निर्माण गरेका हुन्। नितिश पुन सह निर्माता रहेका छन्। अधिकारीले यस अघि फिल्म ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माणसँगै अभिनय पनि गरेका थिए । पछिल्लो समय संसारभर हरर कमेडी फिल्मले राम्रो दर्शकको साथ पाई रहेको बेला अधिकारीले नेपाली हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को निर्माण गरेका हुन्।

फिल्ममा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यसै फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। चलचित्रलाई नविन भट्टले निर्देशन गरेका छन्। उनको यो निर्देशनमा डेब्यु फिल्म हो।

फिल्ममा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती,रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,एलिस कार्कीको ब्याकराउण्ड म्युजिक,प्रशान्त सिवाकोटीको संगीत,अमित श्रेष्ठको साउण्ड डिजाइन,अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ। फिल्मलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ। फिल्मको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x