Todays Date: २०८३ जेष्ठ ११

विराज भट्ट नयाँ फिल्मको तयारीमा, छोरा समीर ‘बलिदान’मा व्यस्त

biraj

नायक विराज भट्ट आफ्नो निर्देशनको नयाँ फिल्मको तयारीमा जुटिरहेका छन्। हाल उनी फिल्मको कथा विकासमा व्यस्त छन्। तर, पछिल्लो समय विराज छायांकन सेटमा बढी देखिन थालेका छन्, जसको कारण हो-उनका छोरा समीर भट्ट। समीरले सन्तोष सेनको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘बलिदान’मा मुख्य भूमिकामा अभिनय गरिरहेका छन्।

फिल्म ‘बलिदान’को छायांकन अहिले अन्तिम चरणमा पुगेको छ। समीरको साथमा फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारले अभिनय गरिरहेका छन्। पूर्वी नेपालको विभिन्न स्थानमा भइरहेको छायांकनमा विराज भट्ट प्रायः उपस्थित रहन्छन्।

फिल्ममा विराजको अभिनय भने छैन। तर, छोराको चाहनालाई मध्यनजर गर्दै उनी अधिकांश समय सेटमै हुन्छन्। समीरले आफ्ना पिता सेटमा रहेर प्रेरणा दिन्छन् भन्ने चाहनाले विराजलाई सेटमा तानिरहेको छ।

फिल्मको एक्सन दृश्यमा आफ्नो अनुभव शेयर गर्न र छोरालाई मार्गदर्शन गर्न विराज अग्रसर छन्। चाहे मध्यरातको जाडो होस् वा दिउँसोको घाम, छायांकन सेटमा विराजलाई सक्रिय देख्न सकिन्छ।

फिल्ममा श्री श्रेष्ठले एक्सन डिजाइन गरेका छन्। निर्माणपक्षले छायांकन सकिनासाथ फिल्मको टिजर सार्वजनिक गरी प्रदर्शन मिति घोषणा गर्ने योजना बनाएको छ। दर्शकलाई समर्पित यो फिल्मलाई उच्च आशा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x