Todays Date: २०८३ जेष्ठ ११

‘माग्ने राजा’मा मिस पबी

miss pabaiiaiuaa

चर्चित मोडल तथा टिकटकर मिस पबी फिल्म ‘माग्ने राजा’ मा अनुबन्धित भएकी छन्। ऋषि लामिछानेको निर्देशन रहने यस फिल्ममा यसअघि अभिनेता केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा शिवाकोटी अनुबन्धित भइसकेका थिए।

मिस पबीले शुक्रबार सामाजिक सञ्जालमार्फत फिल्ममा आफू जोडिएको घोषणा गरेकी हुन्। हाल उनी विक्की अग्रवाल निर्देशित कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’मा व्यस्त छिन्। यसअघि उनले टिभी श्रृंखला ‘ख्यालठट्टा’मा समेत अभिनय गरेर दर्शकको मन जितेकी थिइन्।

‘माग्ने राजा’ फिल्म मुनाल घिमिरेको निर्माणमा बन्नेछ भने लेखन सामिप्यराज तिमल्सिनाले गर्नेछन्। आरम्भ प्रोडक्सनको प्रस्तुति रहने यस फिल्ममार्फत निर्देशक लामिछानेले आठ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेका हुन्। उनले अन्तिम पटक सन् २०१६ मा प्रदर्शन भएको फिल्म ‘किस्मत २’ निर्देशन गरेका थिए।

फिल्मको अन्य कलाकार र प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x