बलिउड अभिनेता जोन अब्राहमले किन लेखे नेपालका पर्यटनमन्त्रीलाई पत्र ?

1734708235 Abrahm badai 1200x560 1

बलिउड अभिनेता जोन अब्राहमले नेपालका पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई चितवनको सौराहामा हरेक वर्ष आयोजना हुँदै आइरहेको हात्ती महोत्सव खारेज गर्न आग्रह गरेका छन्। उनले आफ्नो हस्ताक्षरसहितको पत्र पठाउँदै महोत्सवमा हात्तीहरूको प्रयोग तथा दुर्व्यवहार रोक्न अनुरोध गरेका हुन्।

जोनले पत्रमा हात्तीहरूमाथि हुने शारीरिक र मानसिक तनावप्रति चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्, “केही मानिसहरूले यसलाई परम्परा र आकर्षणका रूपमा हेर्दछन्। तर, म यसमा संलग्न हुने हात्तीमा पर्ने असरबारे आफ्नो चिन्ताको सम्मानपूर्वक साझा गर्न चाहन्छु। यी संवेदनशील जनावरहरू कठोर प्रशिक्षण र कठिन परिस्थितिहरू सहन बाध्य हुन्छन्, जुन अमानवीय हो।”

उनले हात्तीलाई शक्ति, अनुग्रह र बुद्धिको प्रतीक भन्दै नेपालले हात्ती संरक्षण र सम्मानमा अग्रणी भूमिका खेल्न सक्ने उल्लेख गरेका छन्। साथै, जोनले हात्ती पोलो र फुटबलजस्ता कार्यक्रमलाई नैतिक वन्यजन्तु पर्यटन पहलहरूसँग प्रतिस्थापन गर्न सुझाव दिएका छन्। उनले लेखेका छन्, “यस प्रकारका कार्यक्रमले वन्यजन्तुको सम्मान र संरक्षण सुनिश्चित गर्दै नेपाललाई विश्वसामु अझ चर्चित बनाउन मद्दत गर्नेछ।”

पत्रमा नेपालप्रतिको आफ्नो गहिरो प्रेम व्यक्त गर्दै जोनले नेपालको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य, र जनताको आतिथ्यताको प्रशंसा गरेका छन्। उनले भनेका छन्, “नेपालले मेरो हृदयमा विशेष स्थान ओगटेको छ। म विश्वस्त छु कि यहाँका जनताले लिने सही निर्णयहरूले यसको उज्ज्वल भविष्य निर्माण गर्नेछ।”

जोन अब्राहम पशुप्रेमीका रूपमा परिचित छन्। उनी विभिन्न पशु संरक्षण अभियानमा सक्रिय रहँदै आएका छन्। २०१४ मा उनले एउटा सडक कुकुरलाई अपनाएर त्यसको नाम बेली राखेका थिए। बलिउडका चर्चित अभिनेता जोनको पछिल्लो ब्लकबस्टर फिल्म ‘पठान’ हो। उनले ‘धूम’, ‘हाउसफुल २’, ‘गरम मसला’ जस्ता ३० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।

नेपालमा समेत प्रशस्त फ्यान फलोइङ भएका जोनको यो पहलले वन्यजन्तु संरक्षणको सन्देश फैलाउने विश्वास गरिएको छ।

image 1
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x