‘लाज शरणम्’को ‘स्टार स्किम अवसर’

आगामी फागुन १४ गते अर्थात् महाशिवरात्रिको दिनबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लाज शरणम्’ले एउटा अफर योजना ल्याएको छ । त्यो अफर हो, ‘स्टार स्किम’ । यसमा सहभागी हुन चाहनेले लोकपप, आधुनिक, कविता, क्यारिकेचर, र्याप र भाषण कलाका विधामा बढीमा दुई मिनेटसम्मको भिडियो बनाएर पठाउनुपर्नेछ ।
प्रतियोगीहरुले तयार पारेका भिडियोहरु फिल्मको टिकटक अकाउन्टमा अपलोड गरिने र त्यसमा प्राप्त भ्यूज र सेयरको आधारमा उत्कृष्ट भिडियो छनोट गरी ५ जनालाई मोबाइल प्रदान गरिने निर्देशक कुमार कट्टेलले जानकारी दिए । माघ १५ गतेसम्म भिडियो पठाउन समयसीमा तोकिएको छ ।
सहभागीहरुले चलचित्र ‘लाज शरणम्’को इमेल laajsharanammoviefalgun14@gmail.com मा पाठाउन सक्ने छन् । यो प्रतियोगिताले फिल्मको प्रचारमा सघाउ पुग्ने विश्वास निर्माण टिमको छ ।
केही हप्ताअघि मात्र सार्वजनिक तीनवटा पोस्टरमार्फत् फिल्मको कथावस्तुबारे प्रकाश पारिएको थियो । जसले वैदेशिक रोजगारीले निम्त्याएको कहालीलाग्दो कहरको कथा फिल्मले भन्ने प्रष्ट पार्छ । फिल्ममा सीताराम कट्टेल, अर्जुन घिमिरे, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, मुकुन्द श्रेष्ठ, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य लगायतको अभिनय छ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।