Todays Date: २०८३ जेष्ठ १२

यस्तो छ प्रियंका स्टारर हरर फिल्म ‘ममी’को ट्रेलर

priyankakarki mummy 1

आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा फिल्म ‘ममी’को ट्रेलर रिलिज गरिएको छ।

फिल्मका मुख्य कलाकार प्रिंयका कार्की सुलक्षण भारतीको संवादसँगै निम्तने विभिन्न घट्ना, भूतिया आकृतिहरूसँगको भेट र अलौकिक पात्रहरूलाई डरलाग्दो तरिकाले १ मिनेट ५७ सेकेण्ड लामो ट्रेलरमा समेटिएको छ।

फिल्मको मंलगबार सार्वजनिक ट्रेलरले सिनेमाको कथावस्तुको बारेमा प्रकास पार्छ। कालो विरालोलाई विशेष स्थान दिइएको फिल्मको यो ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ।

फिल्ममा प्रिंयका र सुलक्षणसँगै दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ। समर डेब्यू निर्देशक हुन्। फिल्मको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन्।

फिल्मको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ। यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन्।

फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x