Todays Date: २०८३ बैशाख ११

मिलनको निर्देशनमा ‘सुम्निमा’ बन्ने

sumnima milanchams

फिल्म ‘वीर बिक्रम’,‘लिली बिलि’,’ब्लाइण्ड रक्स’,‘बबी’ ‘गोर्खा वारियर’ जस्ता फरक फरक जनराको फिल्म निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सको निर्देशनमा लभ स्टोरी जनराको फिल्म बन्ने भएको छ।

गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्मको टाइटल ‘सुम्निमा’ राखिएको छ । नाम सुन्दा नारीको कथा लाग्ने भए पनि फिल्म विशुद्ध प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए।

राजीव थापाको लेखनमा बन्न लागेको फिल्मको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताईएको छ । फिल्मको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। चाम्सद्वारा निर्देशित फिल्म ‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x