Todays Date: २०८३ बैशाख १७

दीपकसँगको फोटो सेयर गर्दै दीपाले लेखिन्- ह्याप्पी भ्यालेन्टाइन्स डे

Deepak Deepa

अभिनेत्री निर्देशक दीपाश्री निरौलाले अभिनेता दीपकराज गिरीलाई भ्यालेन्टाइन्स डे को शुभकामना दिएकी छन् ।

उनले इन्स्टाग्राममा दीपक र आफ्नो तस्बिर सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै शुभकामना दिएकी हुन् ।

दीपाले इन्स्टाग्राममार्फत सेयर गरेको उक्त तस्बिरमा दुबैजना रोमान्टिक देखिन्छन् । दीपाको यो पोस्टमा अन्य कलाकारले समेत ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै विस गरेका छन् । यो पोस्टमा दिपकराजले भने कुनै रियाक्ट गरेका छैनन् । दिपकराजले पनि सामाजिक सञ्जालमा पत्नीलाई शुभकामना लेखेका छैनन् ।

दीपकराज र दीपाश्रीको अनस्क्रिनदेखि व्यवसायिक क्षेत्रमा सहकार्य छ । धनियाँ र रामविलासदेखि ‘तीतो सत्य’ हुँदै ‘छक्कापञ्जा’ श्रृंखलासम्म यी दुईले मिलेर ७ वटा चलचित्र बनाइसकेका छन् ।

यी दुईले एकअर्कालाई ‘असल साथी’ बताउदै आईरहेका छन् । दीपक अहिले पारिवारिक घुमघामका लागि अस्ट्रेलिया पुगेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x