Todays Date: २०८३ बैशाख १०

‘कमेडी दरबार’ मा विजय बरालको ठाउँमा भित्रिए मनोज गजुरेल

maanoj gajurel

कमेडी टीभी शो ‘कमेडी दरबार’मा विजय बराल बाहिरिएसँगै नयाँ राजाको प्रवेश भएको छ । अब, यो शोमा महाराजाको रुपमा हाँस्य कलाकार मनोज गजुरेलको प्रवेश भएको छ ।

काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा २७ औं भागमा महाराजाको भूमिकामा देख्न पाइने जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा विजय बराल र गौरी मल्लसहित शोका सहभागीहरूको उपस्थिति थियो । यस्तै, होस्ट समेत परिवर्तन भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । नम्रता श्रेष्ठको ठाउँमा अब सजिना खनालको प्रवेश भएको छ ।

अब, सजिनाले यो शोका निर्देशक विक्की अग्रवालले मिलेर कार्यक्रम होस्ट गर्नेछन् । यो शो पछिल्लो समयको सर्वाधिक लोकप्रिय कमेडी शो हो । प्राइभ टेलिभिजन र ओएसआर डिजिटलबाट यो कार्यक्रम प्रशारण हुँदै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x