Todays Date: २०८३ बैशाख १०

नेपालको इज्जत जोगाउन प्रधानमन्त्रीलाई नीताको आग्रह

oli neeta

भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजीज(केआइआइटी’मा नेपाली विद्यार्थीको निधनको विषयमा नायिका नीता ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी छिन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्–‘केही समय यता फोटो खिच्ने र फोटो खिचाउने काम बाहेक, देशको उन्नती प्रगति र देशमा के भइरहेको छ, हामीले हजुरको आफ्नो प्रोफाइलबाट केही पनि देख्न पाएका छैनौं । कुनै समय हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओली ज्यू जस्तै हुनुपर्छ भन्ने म कलाकार आज दोधारमा छु ।’

नीताले आफूलाई प्रधानमन्त्रीसँग भेट्न मन लागेको र धेरै प्रश्नहरू पनि गर्न मन लागेको उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘जुन मनमा गडिएर बसिएको छ, म मात्र होइन जसले तपाइलाई राम्रो सोच्ने प्रिय जनताहरु छन्, उनीहरुको मनमा पनि, धेरै प्रश्न गडिएर बसेका होलान् । खै त्यो जोश खै त्यो जाँगर, खै देशप्रति केही गर्छु भन्ने भावना । खोई त्यो दृढता आज देखिएको छैन प्रधानमन्त्री ज्यू । राजनीति के हो, राजनीतिका कुरा राजनीतिका नीति हामी जान्दैनौँ । हामीले जान्ने भनेको हाम्रो देशको हितको लागि नेपाली जनताको लागि तपाइले बोलेका शब्दहरूमा विश्वास गर्ने हो तपाइले देखाएका सपनाहरुमा, हामीले आफ्नो सपना देख्ने हो । तर, विश्वास विश्वासमा मात्र सीमित रह्यो । सपना सपनामा मात्र सीमित रह्यो । दु?ख लाग्छ हामीलाई प्रधानमन्त्री ज्यू, भर्खरै मात्र भारतको एउटा विद्यालयमा एउटा नेपाली चेलीलाई हामीले गुमाउनु पर्यो । धेरै नेपाली विद्यार्थीहरूलाई त्यहाँ कुटपिट गरेर निकालिएको छ । उक्त विश्वविद्यालय व्यवस्थापन समितिकी अध्यक्षले नेपाली विद्यार्थीको न्यायको मागको अपहेलना गर्दै प्रतिकार गर्ने क्रममा यस विद्यालयको बजेट जति तिमीहरूको देशको राष्ट्रिय बजेट पनि छैन भनेर नेपालको बेइज्जत गरेकी रहिछन् ।’

अन्तराष्ट्रिय मञ्चमा कहिलेसम्म यस्तै बेइज्जत हामीले खेपरिहनुपर्ने हो ? लगभग यो आरोप यथार्थ पनि हो । नेपालको हालत कसले बनायो ? विगत केही बर्षदेखि नेपालको शासक तपाइहरु कांग्रेस, एमाले, माओवादी यो बेइज्जतको जिम्मेवारी तपाइहरुले लिनुपर्ने कि नपर्ने ? विन्ती छ नेपालको इज्जत जोगाइदिनुहोस् । विन्ती छ नेपाली जनताको भावना वुझिदिनुहोस् ।’ नीताले प्रधानमन्त्रीलाई प्रश्न गरेकी छिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x