अमेरिकाले भिसा नदिएपछि सुजन चापागाँइको ‘सांगीतिक टुर’ अनिश्चित

sujan

चर्चित गायक सुजन चापागाँइले अमेरिकामा गर्न लागेको सांगीतिक टुर अनिश्चित बनेको छ । उनी र उनका व्याण्डका सदस्यहरुलाई अमेरिकाले भिसा नदिएपछि अमेरिका यात्रा अनिश्चित बनेको हो । सामाजिक संजालबाट उनले यो कुराको जानकारी दिएका छन् ।

‘आरोह अमेरिका–सुजन चापागाई एण्ड द ब्याण्ड’ नामक कार्यक्रम अमेरिकाले भिसा नदिएपछि अनिश्चित बनेको हो ।

गायक सुजनले लेखेका छन्–‘नेपालस्थित अमेरिकी राजदुतावासमा आज भिसाको लागि भएको अन्तरवार्ताको क्रममा हामी ८ जना ब्याण्डका सदस्यमध्ये एक जनाले मात्र भिसा प्राप्त गर्दा पूर्व निर्धारित कार्यक्रमहरु प्रभावित बनेका छन् । लामो समयदेखि नेपाली गीत संगीत मार्फत नेपाली दर्शक श्रोतालाई कसरी गुणस्तरीय श्रृजना प्रेषण गर्न सकिन्छ भनेर मिहिनेत गरिरहेका कुरा दर्शक तथा श्रोताहरुले वुझी दिनु भएकै छ लगभग २ वर्षको आन्तरिक तयारी पश्चात अमेरिकाबबाबट प्रत्यक्ष म्युजिकल लाइभ जर्नी सुरुवात गर्ने वाचा पुरा नगर्न नसक्ने जानकारी गराउँदै गर्दा नमिठो अनुभव पक्कै भएको छ ।’

सुजनका थुप्रै गीतहरु दर्शकमाझ लोकप्रिय छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x