कमेडियन सजन श्रेष्ठलाई लगातार धम्की, पुगे साइबर ब्युरो

sajan shrestha

आफ्नो परिवारका सदस्यलाई धम्काएको भन्दै कमेडियन सजन श्रेष्ठले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । रिदय ताम्राकार नामक फेसबुक ह्यान्डलबाट आफूसहित दिदीहरूलाई पनि धम्की दिएकाले परिवार असुरक्षित भएको भन्दै सजनले उजुरी दिएका हुन्। दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कारबाही गर्न उनले माग गरेका छन् ।

फागुन ४ गते एक भिडियो फेसबुकमा अपलोड गरेको र त्यसको एक दिनपछि रिदय ताम्राकार नामक फेसबुक प्रोफाइलले आफ्नो परिवारको फोटो राखेर सो पोस्टमा आफू र आफ्नो परिवारलाई धम्काएको आरोप उनको छ । हिजो सार्वजनिक भएको एक भिडियोमा पनि सजनले उजुरी दिने बताएका थिए । आफूले एन्जाइटीको औषधि लिइरहेको र पछिल्लो घटनाक्रमले आफू झनै मानसिक तनावमा परेको उनले बताएका थिए ।

गत साता सजनसहित अर्का कमेडियन उत्सव सापकोटा, पडकास्ट सुशान्त प्रधान लगायत विरुद्ध गायक कुमा सागरलाई गिज्याएको आरोपमा काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको थियो । यो विवादमा सजनले भिडियोबाट माफी मागिसकेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x