Todays Date: २०८३ बैशाख १७

 ‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ, महेशको वाहवाही

Mahesh Tripathi

महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ले घरेलु बक्स अफिसमा सुखद ओपनिङ गर्‍यो । पहिलो दिन ६० लाखमाथि व्यापार गरेको फिल्म बिहीबार भने केही खस्कियो । आज ग्याल्पो ल्होसारको विदामा फिल्मले देशभर राम्रो अकुपेन्सी हासिल गरेको छ । भोलि शनिबारको विदामा फिल्मले बक्स अफिसमा उछाल ल्याउन सक्ने प्रक्षेपण गरिएको छ ।

कमेडी, व्यंग्य र सन्देश मिश्रित फिल्मलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । कथावस्तु र कलाकारहरुको अभिनय सबैभन्दा बढी प्रशंसित भएको देखिन्छ । अभिनेता सिताराम कट्टेलको पात्रले हँसाउने र अर्का अभिनेता महेश त्रिपाठीको अभिनयले भावुक बनाउने प्रतिक्रिया दर्शकहरूले दिएका छन् । यसमा सिताराम व्यापारी र महेश कर्णालीको दु:खी पात्रको भूमिकामा प्रस्तुत छन् ।

कर्णालीका मनमोहक दृश्य समेटिएको फिल्ममा त्यहाँको सुन्दरता मात्र छैन, कर्णालीको दुःख पनि चित्रण छ । महेशको पात्रमार्फत कर्णालीबासीले भोगिरहेको दुःख र समस्यालाई फिल्मले मर्मस्पर्शी रुपमा देखाएको छ । समीक्षकहरुले महेशको जीवन्त अभिनयले फिल्मलाई नै सजीव बनाएको टिप्पणी गरेका छन् । टिकटकमा पनि उनले अभिनय गरेका मनछुने दृश्यहरू भाइरल बनेका छन् ।

‘लाज शरणम्’मा मात्र होइन, बुधबार (शिवरात्रि)बाटै प्रदर्शनरत अर्को फिल्म ‘फेरि रेशम फिलिली’मा पनि महेशले उत्कृष्ट अभिनय गरेका छन् । यसमा उनी तेस्रो लिंगीको भूमिकामा छन् । उनले लवज र हाउभाउमा गरेको मिहिनेत प्रशंसनीय छ । उनी दुरुस्तै तेस्रो लिंगी लाग्छन् । एकसाथ प्रदर्शनमा आएका आफ्नै दुई फिल्मबाट अभिनयको वाहवाही हुँदा उनी प्रफुल्लित देखिएका छन् ।

कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’मा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ आदिको अभिनय रहेको छ । फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा रहेका छन् । ट्रेलर नै सार्वजनिक नगरी यो फिल्म प्रदर्शनमा आएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x