Todays Date: २०८३ बैशाख १७

‘भूठान’को ‘कागजको खोस्टो’मा हरिवंशको पीडा

buthan

हरिवंश आचार्य अभिनित फिल्म ‘भूठान’को गीत ‘कागजको खोस्टो’ सार्वज्निक भएको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शब्द र वाचन, रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको यस गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ । गीत नवराज पराजुलीको युट्युब च्यानलबाट प्रसारण गरिएको छ ।

गीत सुनिरहँदा जोकोही परदेशिएका वा घरदेखि टाढा भएका व्यक्तिहरुलाई एकपटक घर पुग्ने इच्छा जगाउँछ । गीतमा घर बाहिर रहेको पात्रले आफू घर नफर्की मर्न पनि नमिल्ने र कालले समेत ताकेता गर्न नमिल्ने भावको मार्मिक शव्दहरु छन् । गीतमा हरिवंश आचार्यको जीवन्त अभिनय छ ।

अंग्रेजीमा ‘द वर्ल्डस ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो फिल्ममा हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीको अभिनय र हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नको विशेष अभिनय छ । हलिउडको साग अफट्राअन्तर्गत रहेर यो फिल्म बनेको हो ।

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा यस फिल्मले प्रस्तुत गरेको छ । फिल्म ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको निर्देशन रहेको फिल्मका निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् भने कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनी, समवरण केमको संगीत, सुर्य शाहीको कास्टीङ्ग, उज्जवल श्रेष्ठको पव्लिसिटि डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।

फिल्म ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मस्ले निर्माण गरेको हो ।

फिल्म २०८२ को वैशाखा १२ मा रिलिज हुँदैछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x