Todays Date: २०८३ जेष्ठ २७

राजेश हमालको कमब्याक ‘नरसिंहा अवतार’ चैत २९ मा नआउने

rajesh hamal44

अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ नयाँ वर्षको छेको पारेर चैत्रको २९ गतेबाट रिलिजमा आउने चर्चा थियो । उसो त, यसको निर्माणपक्षले यही मितिमा आउने आधिकारिक घोषणा गरेको थिएन ।

अब, यो फिल्म चैत्र २९ मा नआउने भएको छ । राजेश हमाललाई ठूलो पर्दामा हेर्ने दर्शकको चाहना यो वर्ष पनि पुरा नहुने पक्का भएको छ । यो फिल्मलाई अर्को वर्षको जेठमा ल्याउने संभावना उच्च रहेको वुझिएको छ ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमालको साथमा राज कटुवाल, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिसा भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्म ‘नरसिंहाः अवतार’लाई एक्सन र प्रेम कथामा निर्माण गरिएको छ । दर्शकले फिल्मबाट पूर्ण मनोरञ्जन प्राप्त गर्ने विश्वास निर्देशक भट्टराइको छ ।

अभिनेता हमाल पनि चैत्र २९ मा फिल्म रिलिज गर्न इच्छुक नदेखिएको वुझिएको छ । एकसाथ एउटै मितिमा तीन फिल्म रिलिज हुँदा बक्स अफिसमा असर पर्ने देखेर पनि यसको निर्माणपक्षले केही समयलाई प्रदर्शन मिति पोष्टपोन्ड गरेको हो । फिल्मको हाल पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । फिल्मको काम नसकिनु पनि पोष्टपोन्डको अर्को कारण हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x