Todays Date: २०८३ जेष्ठ १२

‘सारङ्गी’ निर्देशकको ‘कोशेढुङ्गा’ भदौ १२ गते प्रदर्शनमा आउने

image 16

आगामी भदौ १२ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘कोशेढुङ्गा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले बिहीबार पहिलो पोस्टर सार्वजनिकसँगै रिलिज मिति पनि घोषणा गरेको हो ।

पहिलो पोस्टरमा फिल्मकी मुख्य कलाकार सुरक्षा पन्तलाई देख्न सकिन्छ । नवविवाहित जस्ती देखिने सुरक्षालाई ओड्ने ओढेर पछाडि फर्किएर हेरिरहेको देख्न सकिन्छ । उनी पहाडको एक घरको आँगन छेउमा उभिएकी छन् । आँगनमा देखिएको झारले घर केही समयदेखि खाली रहेको बुझ्न सकिन्छ ।

बादलको घुम्टोमुनि पहाड, पहाडको फेदीमा रहेको घर, घरको आगनमा भर्खरै सहरबाट फर्किएकी एक नवविवाहित महिलाले गाउँ फर्किएर केही नयाँ काम गर्न खोजेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

‘पोस्टरले पक्कै पनि केही कुरा संकेत गरेको छ । यसलाई अहिले यतिमै सीमित गरौँ,’ फिल्मका निर्देशक सरोज पौडेलले भने, ‘अलिकति बढी कथा हामी आउने अन्य सामग्रीबाट खोल्दै जानेछौँ ।’

फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् ।

बाबु श्रेष्ठको डीओपी रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, आषिश अविरल र रिदम कँडेलको संगीत रहनेछ । फिल्मका कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

सरोजले निर्देशन गरेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ४७ करोड ५० लाख भन्दा बढी ग्रसकलेक्सन गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x