News

दीपकराज गिरीको प्रश्न : समाज असहिष्णुतातिर बढेको हो ?

deepakraj giri home
deepakraj giri home

नायिका सुरक्षा पन्तको एक अन्तरवार्तालाई लिएर भइरहेको टिप्पणी, आलोचना र समर्थनले फिल्म क्षेत्र तातेको छ । उनको अन्तरवार्तालाई लिएर पक्ष र विपक्षामा विभिन्न खालका भनाई सार्वजनिक भइरहेका छन् ।

कतिपयले उनले अभिनय गरेको फिल्म ‘खेल’ नै बहिष्कार गर्नुपर्छ भन्ने तर्क गरे । उसो त, ‘खेल’ फिल्ममा दर्शक नआउनुको कारण सुरक्षा बहिष्कारको कारण होइन । तर, कलाकारहरुले कुनै विषयमा बोल्दा वा लेख्दा समर्थन र बहिष्कार चर्को रुपमा सुनिन थालेको छ ।

यसैबिच, कलाकार दीपकराज गिरीले सामाजिक संजालमा लेखेका छन्–‘दशैंमा हाम्रो फिल्म चल्दा सामाजिक संजालमा यस्तो फिल्म नहेरौं भन्दै बहिष्कारको नारा गुन्जिएको संझन्छु । बहिष्कारको बहाना फरक फरक भएपनि त्यो नारा विस्तारै प्रकाश सपुत हुुँदै सुरक्षा पन्तसम्म आइपुग्यो ।’ कसैले कसैको तारिफ गरे बहिष्कार, कसैले तारिफ गरेन बहिष्कार । बहिष्कारै बहिष्कार । हामी कलाकार त बहाना मात्रै हौं । वास्तवमा अहिले राजाबादीले गणतन्त्रबादी बहिष्कार । गणतन्त्रबादीले राजाबादी बहिष्कार । यो बिचार राख्नेले त्यो विचार राख्नेलाई बहिष्कार । यो समूहले त्यो समूह बहिष्कार । एकले अर्कोको अस्तित्व नै बहिष्कार ।’

दीपकले बहिष्कार त नेपाली समाजको परम्परा बन्दै गएको भन्दै दुख व्यक्त गरेका छन् । उनी लेख्छन्–‘बिस्तारै बिस्तारै असहिष्णुता तिर बढ्दैछ कि हाम्रो समाज ?’

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments