
फिल्म ‘शिवांशः च्याप्टर १’ निर्माणको घोषणा गरिएको छ । बुधबार फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको व्यानरमा निर्माण हुन यो फिल्मलाई सन्तोष कुमार आत्रेयले निर्देशन गर्दैछन् । फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहनेछ । यस्तै, फिल्ममा विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
अञ्जान केसीले लेखेको कथामा वारत लिम्बुले पटकथा रहनेछ । अञ्जान केसीकै लगानी रहने फिल्ममा शोभा भण्डारी र अनिस केसी सह–निर्माताको रुपमा छन् ।
सार्वजनिक भएको पोष्टरमा फिल्मका मुख्य कलाकार प्रविण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन् । न्ह्यू बज्राचार्य र राजनराज सिवाकोटीको संगीत रहने फिल्ममा मिलन श्रेष्ठको एक्सन, विक्रम चोहानको नृत्य निर्देशन, शरद महत्तोको छायांकन रहनेछ ।
शम्भु थापा कार्यकारी निर्माता रहेको यो फिल्मलाई असोजको २४ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।