Todays Date: २०८३ जेष्ठ ११

यस्तो छ राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’को ट्रेलर

rajeshhamal narsinghaavatar

अभिनेता राजेश हमालको आठ वर्षपछिको कमब्याक फिल्म ‘नरसिंहा अवतार’को एक्सनप्रधान ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १५ सेकेण्ड लम्बाइको ट्रेलरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण प्रकाश पारेको छ । बलात्कार, हत्या, हिंसा, भ्रष्टाचार जस्ता संवेदनशील विषयलाई फिल्मले उठान गरेको ट्रेलरबाट प्रष्ट हुन्छ ।

ट्रेलरमा हमाल दुई अलग लुक्ससहित एक्सन अवतारमा देखिएका छन् । उनलाई अन्याय र अत्याचारविरुद्ध लड्ने पात्रको रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरको अन्तिममा उनलाई आफ्नो चर्चित ‘हे…’ संवाद बोलेको पनि देख्न सकिन्छ । उनको श्रीमतीको भूमिकामा नीति शाह छिन् । ट्रेलरमा अभिनेता राज कटुवालको पनि एक्सन दृश्यहरु समेटिएको छ ।

दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सरोज खनाल, सनिशा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, अमित गिरी, एभेलिना खड्का लगायतको पनि अभिनय छ । फिल्मको निर्माताहरुमा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने रहेका छन् ।

आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा राजु थापाको डीओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको कथा, राजु तामाङको द्वन्द्व निर्देशन, रिकेश गुरुङको ब्याकग्राउन्ड स्कोर, समीर मियाँको भीएफएक्स तथा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी छ । फिल्ममा समावेश रि-क्रिएट गीत ‘अच्चा लेकिन लण्डनको’ यतिबेला चर्चामा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x