Todays Date: २०८३ बैशाख १८

‘जनै हराएको बाहुन’को इन्डक्ल्याप, तीजमा रिलिज

image 5

फिल्म ‘जनै हराएको बाहुन’को छायांकन ३५ दिनमा सकिएको छ । फिल्मको छायांकन सकिएको अवसरमा यसको निर्माणपक्षले इन्डक्ल्याप कार्यक्रम आयोजना गरेको छ ।

फिल्मको छायांकन काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा गरिएको छ । फिल्मको छायांकन सबैको साथले अपेक्षा गरिएअनुसार नै सकिएको र दर्शकले भदौमा एउटा राम्रो फिल्म हेर्न पाउने विश्वास निर्देशक हिमाल न्यौपानेले लिएका छन् । यो फिल्मले आमा र छोराको कथा भन्नेछ । फिल्मका एसोसियट निर्देशक मनिष राउत हुन् ।

यो फिल्मले गाउँदेखि शहर आएका एक सरल व्यक्तिले भोग्नुपरेको अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई प्रस्तुत गर्नेछ । फिल्मले आमा र छोराबिचको कथा भन्नेछ ।

फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारहरूको अभिनय छ ।

कार्यक्रममा बोल्दै कलाकार विजय बरालले यो फिल्मले दर्शकको मन छुने विश्वास व्यक्त गरे । पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ममा कमल न्यौपाने र विमल न्यौपानेको लगानी छ । फिल्ममा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डीसी सह–निर्माताको रुपमा छन् ।

फिल्मको कथा, पटकथा तथा संवाद भानुभक्त ढकालको छ । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको यो फिल्ममा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशकको रुपमा छन् ।

फिल्ममा प्रशान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम, अर्जुन पोखरेलको संगीत, नवीन गुरुङको डीओपी, कृष्ण परियारको छायांकन छ । फिल्मलाई तीजको अवसरमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x