Todays Date: २०८३ बैशाख १८

‘के घर के डेरा २’को पब्लिक प्रिमियर : कस्तो मिल्यो प्रतिक्रिया ?

image 8

निर्देशक दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेराः घर नं २’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । केही फरकपन अपनाएर गरिएको प्रिमियरमा सर्वसाधारण दर्शकसहित कलाकार, पत्रकार र निर्देशकको उपस्थिति थियो ।

सामान्यतया प्रिमियरमा कलाकार, पत्रकार तथा फिल्मकर्मीहरूलाई मात्र निमन्त्रणा गरिँदै आएको परिपाटी तोड्दै, निर्माण टिमले यसपटक १८० जना सर्वसाधारण दर्शकलाई र्याण्डम रूपमा निमन्त्रणा गरेको थियो । ती दर्शकसँगै बसेर कलाकार तथा निर्देशकले फिल्म हेरेका थिए ।

निर्माणपक्षले १८० रेन्डम दर्शकलाई प्रिमियरमा निम्तो दिएको थियो । फिल्म हेरेपछि तीनै १८० सर्वसाधारण दर्शकसँग फिल्मको प्रतिक्रिया लिएका थिए ।

आम सर्वसाधारण अडियन्सको रिभ्यु कस्तो आउँछ भनेर बुझ्न १८० सर्वसाधारण दर्शकलाई प्रिमियरमा बोलाइएको थियो । प्रायः नेपाली फिल्मको प्रिमियरमा कलाकार, पत्रकार र आफन्तलाई बोलाउने प्रचलन छ । यो मान्यतालाई भत्काउँदै नर्मल अडियन्सलाई बोलाएर प्रिमियरमा फिल्म देखाइएको हो ।

प्रिमियरपछि फिल्म हेर्ने दर्शकले ‘के घर के डेराः घर नं २’को तारिफ गरेका छन् । आम नेपाली नागरिकले हेर्नै पर्ने फिल्म भनेका छन् । घरभेटी र डेरावालमात्रै नभएर आम नागरिकको कथा फिल्ममा रहेको उनको उनीहरूले रिभ्यू दिएका छन् ।

अभिनेता हरिवंश आचार्यले फिल्मको प्राविधिक पक्षको खुलेर तारिफ गरे । ‘टेक्निकल्ली धेरै राम्रो छ, कलाकारहरूको अभिनय उत्कृष्ट छ । मध्यमवर्गीय जीवन र आर्थिक सङ्घर्षलाई निकै प्रभावकारी रूपमा देखाइएको छ,’ उनले भने ।

अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘फेमिली भ्यालुज’मा आधारित रहेको बताउँदै भनिन्, ‘फिल्म निकै मनछुने छ । सहज रूपमा हेर्न मिल्ने र भावनात्मक रूपमा जोडिन सकिने खालको छ ।’

अभिनेत्री मनिषा कोइरालाले फिल्मको कथा आफ्नो मनमा गहिरो छाप परेको बताइन् । ‘मर्मस्पर्शी कथा छ । कथाको पीडा आफूले नभोगे पनि त्यो अनुभूति गर्न सकिन्छ,’ उनले भनिन् ।

गायिका अन्जु पन्तले फिल्ममा देखाइएको सम्बन्धको महत्व र दुःख सामना गर्ने तरिकाको खुलेर प्रशंसा गरिन् । ‘कहिले हँसाउने, कहिले भावुक बनाउने फिल्म हो । सम्बन्ध जोगाउने सन्देश विशेष मन पर्‍यो,’ उनले भनिन्।

नर्मल अडियन्सको उत्साहजनसक प्रतिक्रियासँगै निर्माण टिम उत्साहित भएको छ । ‘आज म निकै उत्साहित छु, दर्शकसँगै बसेर प्रिमियरमा सिनेमा हेर्न पाएर,’ नायिका केकी अधिकारीले भनिन्, ‘म पनि दुई तीन ठाउँ इमोस्नल भएँ ।’

निर्देशक दीपेन्द्र के। खनालका अनुसार प्रिमियरमा सर्वसाधारण दर्शकलाई समावेश गर्नुको उद्देश्य फिल्म जस्तो छ, त्यस्तै प्रतिक्रिया सुन्ने हो । ‘हामी चाहन्छौं सिनेमा राम्रो लागे अरूलाई भन्नुहोस्, नराम्रो लागे सुधार गर्न सुझाउनुहोस् । हामीले प्रिमियरमा नयाँ थालनी गरेका छौँ । जस्तो सिनेमा छ त्यस्तै रिभ्यू आओस भनेर दर्शकलाई प्रिमियरमा सिनेमा देखाएका हौँ,’ निर्देशक खनालले भने ।

‘फिल्म जस्तो छ त्यस्तै रिभ्यू दिनु होला । राम्रो लाग्यो भने अरुलाई भन्नुहोला । नराम्रो छ भने पनि भन्नुहोला हामी सच्याउँदै सिक्दै अगाडि बढ्छौँ,’ अभिनेता खगेन्द्र लामिछानेले भने ।

नायक आर्यन सिक्देलले भने, ‘जस्तो लाग्छ, त्यस्तै रिभ्यूको अपेक्षा गरेका छौँ । पक्कै पनि फिल्म मन परेको महसुस मैले गरेको छु ।’

फिल्म भोलि शुक्रबारबाट रिलिज हुँदैछ । फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन् । फिल्ममा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x