Todays Date: २०८३ बैशाख १७

फिल्म ‘द ब्ल्यु लाइट’ निर्माणको घोषणा, मुख्य भूमिकामा बेनिशा

image 11

फिल्म ‘द ब्ल्यु लाइट’ बन्ने भएको छ।

मंगलबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो।

फिल्म बलिराम चौहानले निर्देशन गर्नेछन्। चौहान अहिलेको प्रतीक्षित फिल्म ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक हुन्।

चलचित्रको थिम पोस्टरमा नामजस्तै निलो कलरको बीचमा एक बालिका उभिएकी छन्।

उनको शरीरको कम्मरदेखि माथिको पछिल्लो भाग देखिन्छ। जुङरुङ्ग कपाल छ। उनको अगाडि निलो कलर छ। बालिकाको गेटअप र अवस्था हेर्दा उनी विक्षिप्त हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ।

तर, निर्देशकले थिम पोस्टरले भन्न खोजेको के हो, चलचित्रको कथा के हो प्रस्ट पारेका छैनन्। उनले कलाकारबारे पनि केही जानकारी दिएका छैनन्।

केही समयपछि कलाकारहरूको नाम सार्वजनिक गर्ने योजना निर्माण टिमको छ।

यद्यपि फिल्ममा अभिनेत्री बेनिशा हमाल अनुबन्ध भइसकेकी छन्।

उनी मुख्य भूमिकामा देखिने स्रोतले बताएको छ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यु लाइट’को को-प्रोडुसरका रूपमा रमन ग्रे रहनेछन्।

नरेन्द्र मैनालीको खिच्ने ‘द ब्ल्यु लाइट’ सन् २०२५ भित्रै रिलिज गर्ने योजना छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x