परिवारको कारणले ‘कोर्ट म्यारिज’ गरे : नीति

image 13

नायिका नीति शाहले प्रेमी यचित राणासँग गोप्य रूपमा कानुनी विवाह गरेकी पुष्टि गरेकी छिन्। उनीहरूले गत वैशाख ५ गते काठमाडौं जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरेका हुन्।

नीतिले हालै मिडियासँग कुराकानी गर्दै अदालतमा गरिएको विवाहको खबर बाहिरिनु आफूले नचाहेको बताइन्। “मलाई यो कुरा सार्वजनिक गर्न मन थिएन, अदालतबाटै यो कुरा बाहिरियो जस्तो लाग्छ,” उनले भनिन्। उनका अनुसार पारिवारिक कारणले अदालतमा विवाह गर्ने निर्णय गरिएको थियो, र केही महिनापछि परम्परागत शैलीमा विवाह गर्ने योजना रहेको छ।

विवाहपछिको पहिलो मिडिया भेटमा उनले खुलेरै विवाहको कुरा स्वीकार गरिन्। यद्यपि कानुनी रूपमा विवाह भइसके पनि अहिले उनी माइतीघरमै बसिरहेकी छन्। उनले आगामी महिनाहरूमा पारंपरिक विधिबाट विवाह गरेर श्रीमानको घर जाने तयारी गरिरहेकी जानकारी दिइन्।

नीति शाह र यचित राणाको सम्बन्ध लामो समयदेखि चर्चामा रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x