Todays Date: २०८३ बैशाख १०

राजनीतिक चपेटामा चलचित्र, रोकियो ‘महाभोज’को प्रदर्शन

aryan sigdel

यही जेठ १५ गतेलाई तोकिएको फिल्म ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको छ । भोलि बिहीबार काठमाडौंमा राजावादीहरुको आन्दोलन र जेठ १९ गतेबाट यातायात व्यवसायीले सात बुँदे मागसहित अनिश्चितकालिनका लागि सवारी साधन नचलाउने निर्णय गरेपछि निर्माताले फिल्मको रिलिज तत्कालका लागि स्थगन गरेका हुन् । फिल्मको नयाँ प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

निर्माता हिमाल कडरियाले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै ‘महाभोज’को प्रदर्शन नेपाल तथा नेपाल बाहिरका सबै देशहरूमा हाललाई स्थगित गरिएको जानकारी गराउँदछौँ ।’

फिल्मप्रति दर्शकहरूले देखाएको उत्साह र समर्थनप्रति आभार प्रकट गर्दै निर्माता कडरियाले मुलुकको संवेदनशील परिस्थितिमा दर्शकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले परिस्थित सामान्य भएपछि फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जनाएका छन् ।

सहकारी ठगी प्रकरणको कथामा आधारित भएर बनेको ‘महाभोज’मा दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको छ । यसमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, सुरक्षा पन्त, वसुन्धरा भुसाल लगायतको अभिनय देख्न सकिन्छ । फिल्मको मंगलबारबाट देशभरका हलमा अग्रिम टिकट बुकिङ खुलिसकेको थियो ।

image 17
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x