कृषाले महंगो रकममा साइन् गरिन् नयाँ सिनेमा, तीन देशका कलाकार हुने

WhatsApp Image 2025 06 02 at 12.46.20

फिल्म ‘पिताम्बर’ फेम्ड निर्देशक कृषा चौलागाईले एक अनटाइटल फिल्मका लागि सहकार्यको सम्झौता गरेकी छन् । एक साता लामो जापान भ्रमणमा पुगेको समयमा निर्देशक चौलागाईले नयाँ फिल्म साइन गरेकी हुन् । उनले नेपाल, भारत र जापानका कलाकारहरुले एकसाथ काम गर्न लागेको उक्त फिल्मका लागि निर्देशकको जिम्मेवारी निर्वाह गर्दैछिन् ।

यो फिल्म यूएनए प्रोडक्सनले निर्माण गर्दैछ । फिल्ममा जापानको एक टिमको समेत सहकार्य रहने पक्का भएको छ । जापानमा रहेर फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा यो फिल्मलाई निर्माण गर्नेछ ।

यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाईं र निर्देशक कृषा चौलागाईबिच कागजी सम्झौता भएको छ । फिल्मका लागि कृषाले निकै महंगो पारिश्रमिक लिएकी छन् । तर कति पारिश्रमिक लिइन् भन्ने निर्माण पक्षले केही खुलाएको छैन । फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । फिल्म नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ ।

कृषाले ‘पिताम्बर’पछि आफू नयाँ प्रोजेक्टमा जोडिएको भन्दै दर्शकको विश्वासलाई टुट्न नदिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । यो फिल्मको हाल धमाधम स्क्रिप्टमा काम भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x