Todays Date: २०८३ जेष्ठ १२

३६ दिनमा सकियो ‘जारी २’को छाायंकन, यस्तो छ दया र मिरुनाको लुक्स

image 10

यो वर्षको प्रतीक्षित फिल्म ‘जारी २’को छायांकन ३६ दिनमा सकिएको निर्माणपक्षले बताएको छ । फिल्मको प्रदर्शन यही वर्षको दशैंमा हुने बताइए पनि मिति उल्लेख गरिएको छैन ।

फिल्म फूलपातीमा भने नआउने वुझिएको छ । फिल्मको छायांकन सकिएसँगै मुख्य दुई कलाकारहरू दयाहाङ राई र मिरुना मगरको लुक्स भने निर्माणपक्षले सार्वजनिक गरेको छ ।

मिरुनालाई लिम्बु पहिरन र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको देख्न सकिन्छ । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को संयुक्त व्यानरमा निर्माण भएको यो फिल्मलाई रामबाबु गुरुङले लगानी गरेका हुन् । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा विजय बराल, ऋचा शर्मा, वुद्दि तामाङ, प्रेम सुब्बा, पुष्कर गुरुङ, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई, सिर्जना निङ्लेखु लगायतका कलाकारहरूको अभिनय छ ।

२ वर्ष अगाडि रिलिजमा आएको फिल्म ‘जारी’ले बक्स अफिसमा १७ करोड भन्दा माथिको ग्रस कलेक्शन गरेको थियो । ‘जारी २’को बक्स अफिस आँकडामा धेरैको ध्यान खिचिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x