Todays Date: २०८३ जेष्ठ १७

आर्यन सिग्देलका लगातार दुई फिल्म असफल

aryan

अभिनेता आर्यन सिग्देलका लागि फिल्म ‘पूजार सार्की’ टर्निङ पोइन्ट साबित भएको थियो। उक्त फिल्मले व्यापारिक सफलता पाएको कारण उनलाई विभिन्न फिल्ममा फरक-फरक भूमिकाका लागि अनुबन्ध गरियो। केही फिल्ममा उनले केमियो भूमिका निभाए भने केहीमा मुख्य भूमिका सम्हाले।

तर पछिल्लो समय आर्यनले मुख्य भूमिका खेलेका दुई फिल्म ‘के घर के डेराः घर नम्बर २’ र ‘महाभोज’ दुवैले बक्स अफिसमा अपेक्षित प्रदर्शन गर्न नसक्दा उनको करियरमा दबाव देखिन थालेको छ। जेठ महिनामा रिलिज भएका यी दुई फिल्मको व्यापार कमजोर रहँदा निर्माता-निर्देशक अब आर्यनलाई कसरी प्रस्तुत गर्लान् भन्ने प्रश्न उठ्न थालेको छ।

उक्त दुवै फिल्म अनुभवी निर्देशक दीपेन्द्र के. खनाल र दिनेश राउतको निर्देशनमा बनेका थिए। यद्यपि, दोस्रो सातासम्म आइपुग्दा ‘महाभोज’ ले समेत उकासो लिन सकेको छैन।

आर्यनले आफैंलाई ‘स्टार हैन, कलाकार मात्र हुँ’ भन्दै जिम्मेवारीबाट पन्छिन खोजे पनि लगातार असफलताले उनको मार्केट डिमान्डमा असर पार्ने निश्चितप्राय देखिएको छ। ‘पूजार सार्की’पछि चुलिएको उनको माग अब स्थिर रहन्छ कि घट्छ भन्ने विषयमा अनिश्चितता बढेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x