Todays Date: २०८३ जेष्ठ १७

‘डोरी’का निर्देशक लामाले दोस्रो फिल्म ‘तथास्तु’निर्माण गर्ने

image 16

‘डोरी’का निर्देशक अरुण लामाले दोस्रो फिल्म ‘तथास्तु’निर्माण गर्ने भएका छन्। उनले एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्।

सार्वजनिक गरिएको पोस्टरमा फिल्मको छायांकन अर्को वर्ष अर्थात २०८३को सुरुवातमा हुने छ भने प्रदर्शन भने सन् २०२७मा हुनेछ।.जी. सेभेन प्रोडक्सन् प्रा.लि’को प्रस्तुति रहने यो फिल्मका निर्देशक लामाले ‘तथास्तु’ केवल फिल्म नभई कर्म, भाग्य र आन्तरिक रूपान्तरणको कथा भएको बताए। उनका अनुसार फिल्मले आध्यात्मिक यात्रा, अन्तरद्वन्द्व र सामाजिक यथार्थबीचको द्वन्द्व प्रस्तुत गर्नेछ। साथै,‘सिमुलेसन थ्योरी’ को पृष्ठभूमिमा दुई लोक — भगवानको लोक र मानिसहरूको लोकबीचको कथा समेटिनेछ।

निर्देशक लामाले फिल्मको ‘तथास्तु’ राख्नुको कुरालाई समेत अथ्र्याएका छन्। उनले भने,‘यो शब्दको अर्थ हो, जसरी तपाईंले चाहनुभयो, त्यसैगरी होस्। तर के हामीले चाहेका सबै कुरा साँचिकै ठीक हुन्छन् त? के हामी त्यसको लागि तयार छौं त? जीवनमा प्राप्तिभन्दा बुझाइ महत्वपूर्ण हुन्छ। तपाईंले मागेको कुरा तब मात्र सार्थक हुन्छ, जब तपाईं त्यसलाई ग्रहण गर्न तयार हुनुहुन्छ।’

निर्देशक लामाले फिल्ममा नयाँ पुस्ताका चर्चित कलाकारहरू,नेपाल र भारतका अप्रत्याशित तर सक्षम अनुहारहरू, स्थापित कलाकार तथा उदाउँदा प्रतिभाहरूलाई स्थान दिने बताए। नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने यो फिल्मको छायांकन नेपाल र भारतमा हुनेछन्।

फिल्मको सुटिङ पनि दुई चरणमा गरिने निर्देशक लामाले बताए। यसअघि निर्देशक लामाले फिल्म ‘डोरी’निर्माण गरेका थिए। जुन फिल्मले गतिलो व्यापार गर्न सकेन। अरुण लामाले आफ्नो डेब्यु फिल्म ‘डोरी’ प्रजातन्त्र समर्थक आन्दोलनको कारण दर्शकसम्म पुग्न नसकेको बताए। उनले थपे,‘हलहरू सुनसान हुँदा फिल्मले अपेक्षित व्यावसायिक सफलता पाउन सकेन। तर जसले हेरे, प्रायः सबैले मन पराए।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x