Todays Date: २०८३ बैशाख १०

‘प्रतिवैरम’ को आइटम गीतमा प्रियंका

priyanka k

निर्देशक रोशन दासको निर्देशनमा निर्माण भईरहेको फिल्म ‘प्रतिवैरम’ को आइटम गीतको छायांकन सम्पन्न गरिएको छ। मधेशको कथामा आधारित यस फिल्मको गीत चलचित्र विकास कम्पनीको भव्य सेटमा दुई दिनसम्म खिचिएको हो। कोरियोग्राफर सुरेन बसेलका अनुसार, आइटम गीतमा अभिनेत्री प्रियंका कार्कीलाई फिचर गरिएको छ।

फिल्मबारे निर्देशक दास भन्छन्,“मधेशबारे बन्ने धेरै फिल्महरूमा न त वास्तविक सौन्दर्य देखिन्छ, न त गहिरो समस्या। ‘प्रतिवैरम’ मार्फत त्यो अभाव हटाउने प्रयास गरेका छौं।”

उनका अनुसार, फिल्म मधेश केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुसँगै दाजु-बहिनीको भावनात्मक कथामा आधारित हुनेछ।

फिल्म रेज इन्टरटेनमेन्टको प्रस्तुति हो, जसलाई किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण गरिँदैछ। फिल्मको कथा स्वयं निर्देशक दासले लेखेका हुन् भने पटकथा युवराज भट्टराईको रहेको छ।

फिल्ममा सम्राट दास, प्रियंका कार्की, रमेश बुढाथोकी, नविन श्रेष्ठ, आलिशा बास्तोला, बिरेन्द्र कुशवाह, सुप्रज्ञा शर्मा, रोशन, नारायण बिक, रोनी यादव, कमल सुनार, गीता श्री, अग्नि सुवेदी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

आइटम गीतमा संगीत मनिष अधिकारी, शब्द रोशन दास, र स्वर रितिका श्रेष्ठको रहेको छ भने छायांकन नितेश घतानले गरेका छन्।

निर्देशक दासका अनुसार, चलचित्रको आधा भन्दा बढी छायांकन सम्पन्न भइसकेको छ र बाँकी छायांकन बर्खा सकिएपछि गरिनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x