Todays Date: २०८३ जेष्ठ १७

‘आ बाट आमा’मा पलको जोडी बन्दै सिम्रन

simran panta

गत वर्षको सुपरहिट फिल्म ‘होस्टेल ३’बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी सिम्रन पन्त अब नयाँ फिल्म ‘आ बाट आमा’मा देखिने भएकी छिन् । उनलाई निर्माताले सोमबार फिल्ममा अनुबन्धित गरेका हुन् । यसमा उनको जोडी अभिनेता पल शाहसँग बाँधिनेछ ।

‘टिकटक स्टार’को रुपमा चिनिएकी सिम्रनलाई झन्डै साढे ६ लाखले टिकटकमा पछ्याउने गरेका छन् । उनका थुप्रै भिडियो लाखौं पटक हेरिएका छन् । टिकटकले दिलाएको ख्यातिकै कारण उनले ‘होस्टेल ३’बाट फिल्ममा डेब्युको अवसर पाएकी थिइन् । यसको सफलतापछि अहिले फिल्ममा उनको माग बढेको छ ।

द्वन्द्व निर्देशकको रुपमा चिनिएका चन्द्र पन्तको निर्देशनमा बन्न लागेको ‘आ बाट आमा’मा पल र सिम्रनसहित अभिनेत्री विपना थापा र साउथ फिल्मका चर्चित अभिनेता प्रदीप रावतको पनि अभिनय रहनेछ । यसमा विपना र प्रदीपले पलको आमा-बुबाको भूमिका निभाउनेछन् । प्रदीपले यसअघि चन्द्रको अघिल्लो फिल्म ‘ह्रस्व दीर्घ’मा पनि काम गरेका थिए ।

आर्या इन्टरटेन्टमेन्टको प्रस्तुति रहने यो फिल्म आउँदो भदौबाट छायांकनमा जाने तयारीमा छ । फिल्मले आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथा भन्ने जनाइएको छ । आगामी फागुन १५ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x