Todays Date: २०८३ जेष्ठ १८

बिक्की र श्रद्धाले फिल्म ‘क का कि की’ बनाउने, मुख्य भूमिकामा तृप्तिदेखि रेखासम्म

image 18

टेलिभिजन हास्य शो ‘कमेडी दरबार’टिमले फिल्म ‘ककाकिकी’ निर्माण गर्ने भएको छ । टिमले सोमबार फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे घोषणा गरेको हो।

फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारीको अभिनय रहनेछ ।

फिल्मको निर्देशन विक्की अग्रवाल र श्रद्दा प्रसाईँले संयुक्त रूपमा गर्नेछन्। श्रद्दा प्रसाई र सुमित्रा थापाको प्रस्तुति रहने फिल्ममा विक्की, विकास अर्याल र सरोज भण्डारीको लेखन रहनेछ । छायांकन निर्देशक (डीओपी) सुदिप बराल रहनेछन् । फिल्मको वितरण श्रीवेंकेटेशले, अन्तर्राष्ट्रिय वितरण सेवन सिजले र डिजिटल अधिकार ओएसआर डिजिटलले लिने भएका छन् ।

निर्देशक अग्रवालका अनुसार फिल्मको छायांकन आगामी दशैंको टिकाको भोलीपल्टबाट प्रारम्भ हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x