‘झरीपछिको इन्द्रेणी’को शुभसाइतसँगै छायांकन सुरु

film

चर्चित टेलिभिजन सिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’का निर्देशक अर्जुन घिमिरे (पाँडे)ले फिल्म निर्देशनमा पाइला चालेका छन् । उनले बिहीबार साउन १५ अर्थात् खीर खाने दिनको अवसरमा ललितपुरको धन्तेरी बाराही मन्दिरमा आफ्नो डेब्यु फिल्म ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त गरेका छन् । गत वर्षसम्म ‘सक्किगोनि’को निर्माण र निर्देशन गरिरहेका पाँडेले गत फागुन १३ मा आफ्नो टिम जेपिटी क्रियसनद्वारा निर्मित फिल्म ‘लाज शरणम्’मा मुख्य भूमिकामा अभिनय गरेका थिए ।

‘झरीपछिको इन्द्रेणी’मा ‘सक्किगोनि’ टिमबाट प्रियाना आचार्य (मुन्नी) मात्र समावेश छिन् । कथाको मागअनुसार अन्य कलाकार पनि थपिन सक्ने निर्देशक पाँडेले शुभमुहूर्तपछि मिडियासँगको कुराकानीमा बताए । यो फिल्ममार्फत कलाकार गणेश उप्रेती ९ वर्षपछि नेपाली रजतपटमा कमब्याक गर्दैछन् ।

‘राम्रो टिमसँग कमब्याक गर्न पाउँदा उत्साहित छु’, उप्रेतीले भने । फिल्ममा गणेश उप्रेती, प्रियाना आचार्य, निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौलालगायतका कलाकारको अभिनय रहनेछ । निर्देशक पाँडेको अभिनय रहने वा नरहने भने खुलाइएको छैन । शुभमुहूर्तसँगै छायांकन सुरु भएको यो फिल्म काठमाडौं, ललितपुर र भक्तपुरमा खिचिनेछ ।

पारिवारिक कथावस्तुमा आधारित फिल्मको छायांकन ४५ दिनको तय गरिएको छ । कुमार व्यञ्जनकार (कुमार बेन)को कथा र अर्जुन घिमिरे तथा विशाल घिमिरेको पटकथामा बन्ने फिल्मको छायांकन बुद्ध थापाले गर्नेछन् । पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा सुशील कडरियाको लगानी रहेको छ । फिल्मको एक गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्‍याप रहनेछ भने रास्वापा नेता गणेश कार्कीको गीत रचना छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x