उत्तम पौडेलको एकल आधुनिक गीत ‘हजारौँ माझ’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । गायक तथा सर्जक उत्तम पौडेलको एकल आधुनिक गीत ‘हजारौँ माझ’ सार्वजनिक भएको छ ।
रामेछाप सांस्कृतिक कलाकार समाजका बरिष्ठ उपाध्यक्षसमेत रहेका गायक पौडेलको आफ्नै शब्द र स्वर रहेको उक्त गीतमा संगीतकार प्रेमकृष्ण बजगाईंको संगीत रहेको छ ।
यू.पी. म्युजिक युट्युब च्यानलमार्फत् सार्बजनिक भएको सो गीतको रेकर्डिङ सुर मेलोडी रेकर्डिङ स्टुडियो क्षेत्रपाटीमा भएको हो । गीतको एरेन्ज तथा बाद्यबादन सम्बन्धी सम्पूर्ण ब्यवस्थापन बुद्ध सायमीले गरेका हुन् ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।